फुङलिङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५, थुकिमा स्थित श्री त्रिभुवन माध्यमिक बिद्यालयमा ५ लाख बढीको अक्षयकोष स्थापना गरिएको छ । सोही गाउँपालिकाको वडा नं. १ थिङलाबु घर भई हाल हङकङ बस्दै आउनुभएका अषारमति श्रेङचोङवाङ ओख्राबुले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको ‘अषारमति श्रेङचोङवाङ ओख्रबु‘ अक्षयकोष स्थापना गर्नुभएको पूर्ववडाध्यक्ष जय बहादुर खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार दाताको ईच्छा अनुसार ब्याज रकमबाट उक्त बिद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र उत्कृष्ट छात्र÷छात्राले बार्षिक छात्रवृत्ति पाउनेछन् । दाता श्रेङचोङवाङको ईच्छा अनुसार उहाँका जेठा छोरा चन्द्र प्रसाद ओख्राबुको बाहुलिबाट रकम हस्तान्तरण भएको प्रधानाध्यापक कमल चेम्जोङले जानकारी दिनुभयो । दातालाई बिद्यालयले सम्मान पत्र सहित धन्यवाद व्यक्त गरेको थियो । –बिक्रम लाम्गादे,
थुकिमाको त्रिभुवन माध्यमिक बिद्यालयमा ५ लाख बढीको अक्षयकोष स्थापना








