समय : ०१:१६ pm | मङ्गलबार , असार ३० गते २०८३

मेरिङ्देनको “एक विद्यालय एक बगैंचा कार्यक्रम” उत्कृष्ट तीन विद्यालय छनोट,

सेवालुङ खवर | असार २३ गते २०८३

ताप्लेजुङ,अषाढ २३ गते । “एक विद्यालय एक बगैँचा कार्यक्रम ”लागू गरेको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट तीन विद्यालय छनोट गरेको छ। पालिकाभरिका ३६ वटा सामुदायिक विद्यालयहरूमा गरिएको अनुगमन तथा सुपरिवेक्षण अनुसार सोमबार बसेको अवलोकन तथा मूल्याङ्कन समितिको बैठकले दुई आधारभूत विद्यालय र एक माध्यमिक विद्यालयलाई उत्कृष्ट ३ मा छनोट गरेको हो। उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने विद्यालयको रूपमा श्री सिंह देवी आधारभूत विद्यालय मेरिङदेन २ सान्थाक्रा रहेको छ। त्यस्तै द्वितीय स्थान चण्डीडाँडा आधारभूत विद्यालय मेरिङ्गेन ४ लिङ्तेपले ओगटेको छ भने तृतीय पृथ्वी माध्यमिक विद्यालय खाम्लुङ भएको गाउँपालिका अन्तर्गत शिक्षा शाखाले जनाएको छ । प्रथम ,द्वितीय र तृतीय हुने विद्यालयले क्रमश ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्राप्त गर्नेछन्। पुरस्कृत हुने विद्यालयहरूलाई रकम सम्बन्धित विद्यालयको खातामा नै करकटी गरेर भुक्तानी गरिने र साउन मसान्तसम्ममा सम्मान गरिने शाखाले जनाएको छ ।उक्त सम्मान कार्यक्रममा पालिका भरिका सबै सामुदायिक विद्यालयहरू लाई बोलाइने समेत पालिकाले जनाएको छ । सम्मान कार्यक्रममा अन्य विद्यालयहरूले गरेको कामको समीक्षा गरिने बताइएको छ । पालिकाका सूचना ÷ प्रविधि अधिकृत जितेन लिम्बुका अनुसार कार्यक्रमका लागि पालिकाले बनाएको मूल्याङ्कन समितिले कार्यविधिमा उल्लेखित सूचकाङ्कको आधारमा विद्यालयहरूलाई अङ्क प्रदान गरेको थियो। कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि समेत निरन्तरता दिइएको लिम्बुले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो ।–किरण गदाइली,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्