समय : ०१:३२ pm | मङ्गलबार , असार ३० गते २०८३

मिक्वाखोला ४ का महिलाहरूलाई तीन दिने उद्घोषण सम्बन्धी तालिम प्रदान

सेवालुङ खवर | असार १८ गते २०८३

अषाढ १८ गते ।जिल्लाको मिक्वाखोला गाउँपालिका ४ साँवामा ’३ दिने महिला उद्घोषण तालिम ’ सम्पन्न भएको छ । मिक्वाखोला गाँपालिकाको आर्थिक सहयोग तथा ’ दोखु मिडिया सेन्टर ताप्लेजुङ ’ को आयोजनामा सञ्चालित तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । गत असार १६ गतेदेखि सञ्चालित तालिमको समापन बिहीबार गरिएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले उद्घोषण कलाले महिला सशक्तिकरणलाई जोड्ने विश्वास व्यक्त गर्नुभयो। महिलाहरूले विभिन्न अवसरहरूमा सशक्त रुपमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने अध्यक्ष कार्कीले उल्लेख गर्नुभएको छ। उद्घोषण कलाले कुनै औपचारिक कार्यक्रम मात्र सञ्चालन गर्ने नभई गाउँ ठाउँमा भएका विभिन्न विकास निर्माणका कुराहरूमा समेत आवाज उठाउन सकिने उहाँले उल्लेख गर्नुभयो।। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले पालिकाका विभिन्न वडाहरूमा उद्घोषण सम्बन्धी तालिम भएको जानकारी गराउँदै अवसरहरूमा कहिले पनि पछि नपर्न आग्रह गर्नुभयो । तालिम पश्चात महिलाहरूमा नेतृत्व विकास तथा बोल्ने कलामा विकास हुने विश्वास व्यक्त गर्दै उपाध्यक्ष लामाले आफूले सिकेका सीपहरू कुनै पनि स्थानमा आवाज उठाउन काम लाग्ने भन्दै बारम्बार अभ्यास पनि गरिरहन आग्रह गर्नुभएको छ । ४ नम्बर वडाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले अभ्यासलाई निरन्तरता दिदै अगाडि बढ्न तालिममा सहभागीहरूलाई आग्रह गर्नुभयो । महिलाहरूको वाक कलालाई प्रस्फुटन गर्न आफू सधैँ लागिपर्ने विश्वास दिलाउनुभयो । तालिममा सहभागी महिलाहरूले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीन दिनको अवधिमा आफूहरूमा असाधारण क्षमता विकास भएको महसुस गरेको बताएका थिए। आयोजक दोखु मिडिया सेन्टरका अध्यक्ष माला पालुङ्वाले मध्य असारको समयको बावजुद तालिमको महत्वलाई बुझेर सहभागी हुने सम्पूर्ण सहभागी महिलाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। कुनै पनि कार्य गर्नका लागि बोल्ने कला नै सबैभन्दा महत्वपूर्ण हुने भएकाले आफूमाथिको हिनताबोधलाई त्याग्नुपर्ने उहाँको भनाइ थियो। महिलाहरूले आफू चुलोचौकामा मात्र सीमित नभएर “ म सक्छु र म गर्छु। “ भन्ने आत्मविश्वासका साथ यस्ता अवसरहरुमा सहभागी बन्न उहाँले सहभागीहरूलाई सुझाव दिनुभयो । गाउँपालिकाको केन्द्र थलङ स्थित ब्याडमिन्टनहलमा सम्पन्न तालिममा प्रशिक्षकको रूपमा वरिष्ठ पत्रकार सीताराम गुरागाई तथा रेडियो ताप्लेजुङका समाचार प्रमुख किरण गदाइली रहनुभएको थियो ।–रेडियो ताप्लेजुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्