ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३ /0८४ का लागि ४६, करोड ३३, लाख भन्दा बढी बजेट विनियोजन गरेको छ । २२ गाउँसभा अधिवेशन पछि पालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले आगामी आर्थिक वर्षका लागि ४६,करोड ३३, लाख ७९,हजार ६, सय ७५, रुपैयाँ बराबरको गाउँसभामा पेश गर्नुभएको थियो । पालिकाको वित्तीय स्रोत बेहोर्ने क्षेत्रमा संघ र प्रदेशको गरी अनुदान १० करोड ८९ लाख ६४ हजार सशर्त अनुदान संघ र प्रदेश २०, करोड ६९, लाख ६०, हजार विशेष अनुदान ६९, लाख प्रदेश गरी १०, करोड ३६, लाख ६५, हजार ६, सय ७५, र स्थानीय सरकारको २०, लाख तथा आन्तरिक आय २५, लाख रुपैयाँ गरी कुल बजेटको अनुमान गरिएको थियो । मिक्वा खोला गाउँपालिका को २२ औं अधिवेशनमा पालिका अध्यक्ष भक्तबहादुर कार्कीबाट आगामी आर्थिक वर्षका लागि पालिकाको तर्फबाट निर्धारण गरिएको नीति तथा कार्यक्रममा कार्यक्रम सभामा पेश गरिएको थियो ।
मिक्वाखोला गाउँपालिकाले आगामी वर्ष २०८३/०८३ को ४६ करोड ३३,लाख भन्दा बढी बजेट








