समय : ०२:०९ am | शुक्रबार , असार ३२ गते २०८३

फक्ताङलुङ गाउँपालिकाद्धारा २०८३/८४ को ५८ करोड ५५ लाख भन्दा बढी बजेट प्रस्तुत,

सेवालुङ खवर | असार १० गते २०८३

आज मिति २०८३ साल असार १० गते बुधबार फक्ताङलुङ गाउँपालिकाको ऐतिहासिक २० औँ गाउँसभाको अधिवेशन हर्ष उल्लाषका साथ भब्य रुपमा सम्पन्न भएको छ । आ.व. २०८३।८४ को निति,तथा कार्यक्रम बजेट अध्यक्ष राजन लिम्बु मुक्ती ज्यूबाट प्रस्तुत भई सोहि अनुसारको बजेट वक्तब्य उपाध्यक्ष विकास ज्यूबाट सभामा पेश भएको थियो । २० औँ गाउँसभाको अधिवेशन बाट कुल बजेट रु ५८ करोड ५५ लाख २२ हजार रहेकोमा चालु तर्फ रु ४० करोड ५१ लाख ८२ हजार र पुजीँ गत तर्फ रु १८ करोड ३ लाख ४० हजार विनियोजन उपाध्यक्ष विकास साम्रा प्रस्तुत भएको थियो । साथै, यस गाउँसभाले विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल गाउँपालिकाको लोगो सहित चौथो पटक सफल आरोहण गर्ने पर्वतारोहि फक्ताङलुङ गा.पा वडा नं. ७ निवासी श्री छेतेन टासी शेर्पालाई सम्मान सहित नगद रु, १ लाख र सगरमाथा आधार शिविरबाट ४२ कि.मि. म्याराथन दौडमा प्रथम स्थान हाँसिल गर्ने फक्ताङलुङ गा.पा वडा नं. ३ निवासी रमेश लिम्बु तावालाई सम्मा सहित नगद रु, ५० हजार दुवै जनालाई ऐति हासिक सफलता प्राप्त गरि फक्ताङलुङ गाउँपालिकाको गरिमय शिर उच्च बनाउने कार्यको लागि कदर पत्रले सम्मान पनी गरेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तीले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्