समय : ०२:०९ am | शुक्रबार , असार ३२ गते २०८३

मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३ ।८४ का लागि ४७ करोड बढीको बजेट

सेवालुङ खवर | असार ९ गते २०८३

ताप्लेजुङ,/असार ९ गते । जिल्लाको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३ ।८४ का लागि ४७ करोड बढीको बजेट ल्याएको छ । पालिका अध्यक्ष युकहाङबीर हाङगामको स्वीकृतिमा उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चोङ्बाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपैयाँ गरी कुल ४७करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म राजस्व अनुमान २५ लाख रुपैयाँ रहेकोमा जेष्ठ मसान्तसम्म पालिकाले वक्ष हाँसिल गर्न सफल भएको उल्लेख छ । अषाढ मसान्तसम्म २६ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। उपाध्यक्ष श्रेङचोङ्बाङका अनुसार चालु आर्थिक वर्षमा चालु खर्चतर्फ ३५ करोड ६५ लाख ६हजार५३२ मध्ये ७० . २४ अर्थात २५ करोड ४ लाख२९ हजार ३५० रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ १८ करोड ५५ लाख ५९ हजार ५४७ रुपैयाँमध्ये हालसम्म ४१.०४ प्रतिशत अर्थात् ७ करोड ६१ लाख ६१,५३२ खर्च भएको गाउँपालिकाले जनाएको छ । –किरण गदाइली,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्