असाढ ८ गते । गत शैक्षिक सत्रदेखि लिम्बु भाषा साहित्यको पठनपाठन सञ्चालन गरेको तेल्लोक माध्यमिक विद्यालय सिरिजङ्घा ४ तेल्लाोकले उक्त विषयमा ८८ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयका प्रधानाध्यापक रुक्मान थेबेका अनुसार कुल ५१ जनाले परीक्षा फारम भरेकामा ३४ जना परीक्षामा सामेल भएका थिए ।तीमध्ये ३० जनाले परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन् । चार जना विद्यार्थी ग्रेड वृद्धिको तयारीमा रहेका छन्। लिम्बु भाषा साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ऐच्छिक विषयको रूपमा लागू गरिएको उक्त विषयमा यस वर्षका लागि समेत भर्ना खुलाइएको प्र .अ थेबेले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो। गत परीक्षामा ८८ .२४प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउन सफल भएकाले अभिभावक र विद्यार्थीहरूबाट राम्रो प्रतिक्रिया आइरहेको उहाँले बताउनुभयो। उक्त विषयमा यस वर्ष देखि १२ को समेत कक्षा सञ्चालन हुँदैछ ।कक्षा ११ को परीक्षामा राम्रो नतिजा आएकाले विद्यार्थी र अभिभावकमा थप आकर्षण बढ्ने प्रधानाध्यापक थेवेको विश्वास रहेको छ ।–रेडियो ताप्लेजुङ,
तेल्लोक माविले ‘लिम्बू भाषा साहित्य’विषयमा ८८प्रतिशत बढी विद्यार्थी उत्तीर्ण गरायो








