समय : ०४:५० pm | सोमबार , असार ८ गते २०८३

सिदिङबामा दुई सञ्चारकर्मी पत्रकारहरूलाई पुरस्कार सहित सम्मानित

सेवालुङ खवर | असार ८ गते २०८३

ताप्लेजुङ/ जिल्लाको सिदिङवा गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन बाट ताप्लेजुङ जिल्लाका दुई सञ्चारकर्मी पत्रकारहरू पुरस्कार सहित सम्मानित भएका छन्। गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनले सञ्चार क्षेत्रमा अत्याधिक राम्रो भूमिका खेलेको भन्दै उक्त सञ्चारकर्मी दुईजनालाई सम्मानित तथा पुरस्कृत गराएको हो।असार ७ गते आइतबार ताप्लेजुङकाे गाउँपालिकाको १९औँ गाउँसभामा खगेन्द्र अधिकारी र चन्द्र पन्दाक (प्रयास) र अधिकारी सम्मानित भएका हुन्। पन्दक ताप्लेजुङ जिल्लामा एक मात्र लगातर प्रकाशित हुने उज्यालो पोष्ट राष्ट्रिय दैनिक प्रकाशक गोरखापत्र दैनिक ताप्लेजुङ सम्वाददाता पनि हुन् । अधिकारी उज्यालो पोस्ट राष्ट्रिय दैनिकका सम्पादक साथै नागरिक राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् । प्रकाशक पन्दाक र सम्पादक अधिकारीलाई ५ हजार सहित सम्मान स्वरूप पुरस्कृत गराएको सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्