समय : ०६:१२ pm | सोमबार , असार १ गते २०८३

आठराई त्रिवेणी गाउँपालिकाले असार २ गतेबाट सार्वजनिक सुनवाई कार्यक्रम सुरु गर्दै

सेवालुङ खवर | जेठ ३१ गते २०८३

जेष्ठ ३१ गते । आठराई त्रिवेणी गाउँपालिकाले असार २ गते मंगलबारबाट सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गर्ने भएको छ। पहिलो दिन असार २ वडा नम्बर १ निगुरादिनबाट कार्यक्रमको सुरुवात गरिने गाउँपालिकाले जनाएको छ । पालिकाको प्रत्येक वडा वडामा गएर जनताको सुझाव सङ्कलन गर्ने बताईएको छ। गाउँपलिका अध्यक्ष दिपेन पोमुका अनुसार सार्वजनिक सुनवाई सँगै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषय समेत नागरिकबाट संकलन गरिने बताउनु भएको छ । ५ वटा वडा रहेको पालिकामा सार्वजनिक सुनवाई कार्यक्रम असार ६ गते समापन गरिने प्रमुख प्रशासकीय अधिकृत अभय राजवंशीले जानकारी दिनुभएको छ। –रेडियो ताप्लेजुङ

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्