ताप्लेजुङ, जेठ १८ । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स तर्फ ताप्लेजुङका खेलाडी अमिर लिम्बूले दोहोरो स्वर्णपदक जित्नु भएको छ । १ हजार ५ सय मिटर र ३ हजार मिटर दौडमा उहाँले स्वर्ण पदक हात पारेको ताप्लेजुङबाट अफिसियल प्रतिनिधित्व कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुगेका गणेश प्रसाइँले जानकारी दिनुभयो उहाँका अनुसार ८ मिटर ौडमा ताप्लेजुङका सविन विकले रजत पदक जित्नुभयो । १००ह४ रिले दौडमा सविन विक, लक्ष्मण तामाङ, कुशल भट्टराई र तारेहाङ लिम्बूको समूहले कास्य पदक जितेको छ । सटफुट छात्रतर्फ दिलिप साँवाले रजत पदक जितेको समेत प्रसाँइले जानकारी दिनु भयो ।–उज्यालो पोष्ट,
राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङका खेलाडी अमिर लिम्बूलाई दोहोरो स्वर्णपदक








