समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब पाउने

सेवालुङ खवर | जेठ २२ गते २०८१

ताप्लेजुङ, जेठ २० गते । ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ मा अन्तर सरकारी वित्तीय हस्तातरण अन्तर्गत यहाँका स्थानीय तहले तीन अर्ब ४९ करोड ८६ लाख रुपियाँ अनुदान रकम पाउने भएका हुन ।ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन्। जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले एक अर्ब ३८ लाख रुपियाँ अनुदान रकम पाउने भएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकाले ३७ करोड २८ लाख रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकाले ३४ करोड ७८ लाख रुपियाँ अनुदान पाउने छ। त्यस्तै सिदिङ्वा गाउँपालिकाले ३३ करोड १८ लाख रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिका ३१ करोड ३७ लाख, फक्ताङ्लुङ गाउँपालिकाले २९ करोड ८३ लाख रुपियाँ अनुदान पाउने भएका छन्। यसैगरी मेरिङ्देन गाउँपालिकाले २९ करोड १४ लाख, मैवाखोला गाउँपालिका २८ करोड ६९ लाख र मिक्वाखोला गाउँपालिकाले २५ करोड २१ लाख रुपियाँ अनुदान रकम पाउने भएका छन्। साभार गोरखापत्र अनलाईन बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्