ताप्लेजुङ, जेठ १७ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रायोजन भइ टाँस भएका होर्डिङबोर्ड हटाउन लगाईएको छ । मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको होर्डिङ बोर्ड मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ उत्पादकले प्रायोजन गरी टाँस गरेको हकमा हटाईएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । विश्व धुम्रपान रहित दिवसको अवसर पारेर आइतवार फुङलिङमा मदिरा तथा सूर्तिजन्य पदार्थको बिक्री बितरण गर्ने पसलको अनुगमन गरिएको थियो । सहायक प्रजिअ भट्टराईले सार्वजनिक स्थलमा धुमपान तथा सूर्तिजन्य पदार्थको सेवन गरे नगरेको सहितका अनुगमन समेत गरिएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालले सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन, प्रर्वद्धन र प्रायोजन हुनेगरी कुनै कम्पनीद्धारा प्रायोजित होर्डिङ बोर्ड राख्न नपाउने व्यवस्था अनुसार हटाईएको जानकारी दिनुभयो । अनुगमन समितिले सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन, प्रर्वद्धन र प्रायोजन हुनेगरी कुनै कम्पनीद्धारा प्रायोजित होर्डिङ बोर्ड नराख्न र राखेको भए त्यसलाई बिस्थापन गर्न समेत आग्रह गरेको छ । अनुगमन समितिले सूर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन, प्रर्वद्धन र प्रायोजन हुनेगरी राखिएका फ्लेक्स, भित्ते लेखन सहितका कार्य हटाउन समेत व्यवसायीलाई आग्रह गरेको छ । अनुगमन समितिले १८ बर्ष नपुगेका व्यक्ति तथा गर्भवती महिलालाई सूर्तिजन्य पदार्थको बिक्री बितरण तथा ओसारपसार गर्न नलगाउन समेत आग्रह गरेको छ । -उज्यालो पोष्ट,
मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रायोजन भइ टाँस भएका होर्डिङबोर्ड हटाउन आग्रह








