समय : १०:३५ pm | सोमबार , जेठ १८ गते २०८३

सनलाइट युनाईटेड युथ क्लब थेचम्बुको ३ लाख बढी आम्दानी

सेवालुङ खवर | जेठ १३ गते २०८३

फुङ्लिङ – पाथीभरा याङ्वरक गाउँपालिका– २, थेचम्बु स्थित सनलाइट युनाइटेड युथ क्लबले ३ लाख बढी मुनाफ कमाएको छ । क्लबले आयव्यय सार्वजनिक गर्दै गत बर्ष बिजया दशमीको अवसरमा सञ्चालित अन्तर क्लब स्तरिय आमन्त्रित पुरुष तथा महिला फुटबलबाट ३ लाख ३० हजार रुपैयाँ क्लबलाई नाफ भएको क्लबका सचिव लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । २०७२ सालमा स्थापना भएको क्लबले प्रत्येक बर्षको बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा प्रतियोगीता सञ्चालन गर्दै आएको छ । आगामी दिनमा खेल संगै बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गर्ने सचिव भट्टराईले बताउनुभयो । गत सालको असोज १९ गतेबाट २५ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १६ टिमले सहभागीता जनाएको थिए भने पुरुषतर्फ तोक्पेगोला पापुङ स्र्पाेटिङ क्लब ताप्लेजुङ र महिलातर्फ दारिम्बा फुटबल क्लब पाँचथरले उपाधि हात पारेका थिए ।–बिक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्