ताप्लेजुङ,स्वास्थ्य कार्यालय ताप्लेजुङले विश्व धूमपान रहित दिवसको अवसरमा सूर्तिजन्य पदार्थ संचार तथा सचेतना रेडक्रस शभाहल फुङ्लिमा आयोजना गरेको थियो । सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन सम्भव हुने ताप्लेजुङमा शुक्रवार आयोजित कार्यक्रमा औंल्याईएको छ । विश्व धूमपान रहित दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल चिकित्सा विज्ञहरुबाट सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन संयुक्त प्रयासको माध्यमबाट हल गर्न सकिने बताएका छन् । जिल्ला अस्पतालका मेडिकल अधिकृत तथा डाक्टर हरुबाट सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि परिवारका प्रत्येक सदस्य देखि समाजका सबै सदस्यको भूमिका अहम् हुने बताएका छन् । कार्यक्रममा सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन,यसको प्रयोगबाट हुने हानी र नियन्त्रणका प्रयास बारे फुङलिङ नगरपालिकाका जन स्वास्थ्यका

विज्ञद्धारा स्पष्ट पारेका थिए । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख दुलाले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रणका लागि साझा प्रयास र पनी बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मी तथा बिद्यार्थीहरुले मद्यपान तथा धूमपान नियन्त्रणका लागि कसको के भूमिका हुन्छ भन्ने जिज्ञासा राखेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेसविका,भानुजन मावि र लिटलबुद्ध बोर्डिङका शिक्षक तथा बिद्यार्थी,स्वास्थ्यकर्मी,सञ्चारकर्मी र जनस्वास्थ्यका क्षेत्रका काम गर्ने व्यक्तित्वहरुको सहभागिता रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले बताएको छ । सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले सूर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि हरेक बर्षको मे ३१ तारिखलाई विश्व धूम्रपानरहित दिवसको रुपमा मनाउन थालिएको हो । विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनले हुने गरेका विज्ञहरुको भनाइ छ । करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्छन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ । नेपाल धूमपान गर्ने राष्ट्रहरु मध्ये २२ औं स्थानमा पर्दछ । नेपालमा कूल जनसंख्याको लगभग ३० प्रतिशत मानिसहरुले धूमपान गर्ने गर्छन् । धूमपानले श्वासप्रश्वास र मुटुको स्वास्थ्यमा हानिकारक प्रभाव पार्ने गर्छ ।








