समय : ०२:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा मरिक फुटबल क्लब धरान फाइनलमा प्रबेश

सेवालुङ खवर | मंसिर २८ गते २०८२

ताप्लेजुङ/ मरिक फुटबल क्लब धरान ताप्लेजुङमा जारी अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । आज भएको सेमिफाइनल चरणको पहिलो खेलमा आयोजक समेत रहेको तेल्लोक स्र्पोटिङ क्लबलाई ट्राइबेकरमा ४—२ गोलअन्तरले पाखा लगाउँदै मरिकले बिजयी यात्रा सुरु गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमले समान १—१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । मरिकले पारिजात संघ फुटबल क्लब भारतलाई र तेल्लोकले रेडहर्ष फुटबल क्लब इलामलाई पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन् । मरिक गत संस्करणको उपबिजेता टिम हो । यो संगै मरिकले आइतबार हुने न्यू स्टार क्लब बिर्तामोड झापा र म्याङ्लुङ स्र्पोटिङ युबा क्लब तेह्रथुमको बिजेता संग फाइनलमा भेट पक्का गरेको छ । प्रतियोगिताको विजेताले तीन लाख ३ सय २१ रुपैयाँ र उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागततर्फ सर्वोकृष्ट खेलाडीसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ऐतिहासिक व्यक्तित्व तेअङ्सी सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अगामी मंसिर २९ गते सम्म सञ्चालन हुनेछ । विक्रम लाम्गादे,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्