ताप्लेजुङ /ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले मकैको बिउ र प्लास्टिक टनेल बनाउने किसानलाई ५०% अनुदान दिने भएको छ । त्यसै अनुसार पालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका किसानलाई मकैको बिउ र प्लास्टिक ५०% टनेलमा अनुदान दिन लागेको पालिका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले बताउनु भएको हो। कृषि कृषक समूह र कृषि सहकारी संस्थाहरूले पुष १० गते भित्र पालिकामा आवेदन दिनुपर्ने भएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । आवेदन दिन सकिने व्यवस्था चाहिँ फर्म दर्ता नभए पनि व्यवस्था रहेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिकाले मकैको बिउ र प्लास्टिक टनेल बनाउने किसानलाई ५०% अनुदान दिने








