समय : ०८:२५ pm | शुक्रबार , वैशाख ४ गते २०८३

सिदिङवा गाउँपालिका साब्लाखुमा भञ्ज्याङमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति

सेवालुङ खवर | मंसिर १४ गते २०८२

ताप्लेजुङ, मंसिर १३ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा भञ्ज्याङमा शुक्रवार अपरान्ह भएको आगलागीमा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएरघरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको विवरण संकलन भएको छ । शुक्रवार दिउँसो करिब ४ः३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार तामाङको पाँच तले घरको छतमा भने जस्तापाताको ट्रस लगाइएको थियो । त्यही सिरानको तलाबाट लागेको आगो साँझ ६ः४० बजे नियन्त्रणमा आएको थियो । उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्