समय : ०२:१६ pm | आइतबार , भाद्र २८ गते २०८३

मिक्वाखोला दोश्रो फङ्फङदेन फुटबल प्रतियोगिताको उपाधि पाँचथरलाई,

सेवालुङ खवर | मंसिर १३ गते २०८२

ताप्लेजुङ – दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।विजेता टीम गणेश चोकले नगद तीन लाख दुई हजार ८२ रुपियाँ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन (४० किलोग्राम)को ९२ हजार रुपियाँ रहेको थियो । सोही भाउ अनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो । उहाँका अनुसार उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत एक लाख पचास हजार ८२ रुपियाँ बराबरको अलैँची प्रदान गरिएको छ । तोक्पेगोलालाई करिब एक मन १५ किलोग्राम अलैँची सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको बताइएको छ । रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्