ताप्लेजुङ - ताप्लेजुङको साँवास्थित तेम्बामा जारी अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइन चरणका खेलहरु सुरु हुँदैछ । हिजो भएको क्वाटरफाइनको तेश्रो तथा अन्तिम खेलबाट पाँचथर र इलाम सेमिफाइनलमा प्रवेश गरेसँगै आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुने भएको हो ।आजको पहिलो खेलमा नाल्बुको ग्रीन भ्याल्ली युवा क्लब र पाँचथर भिड्दा दोश्रो खेलमा इलाम र पापुङको हिमाली तोक्पेगोला युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । दोश्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलामा आयोजित प्रतियोगिताको हिजो भएको पहिलो खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई पाखा लगाउँदै पाँचथरको गणेशचो टिम सेमिफाइनलमा प्रवेश गरेको हो । ४–२ गोलअन्तरले पराजित गर्दैप पाँचथरले विजयी सुरुवात गरेको प्रमुख सल्लाहाकार नुपु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार दोश्रो खेलबाट मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ५–१ गोलअन्तरले पराजित गर्दै इलामको रेड डेभिल्स क्लब विजयी भएको छ । फाइलनल खेल भोलि हुँदै छ । प्रतियोगिताको विजेतालाई नगद ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिने आयोजकले जनाएको छ । रेडियो तमाेर,,
मिक्वाखाेला साँवास्थित तेम्बामा अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगितामा आजदेखि खेल सुरु,








