समय : ०२:४६ pm | सोमबार , भाद्र २९ गते २०८३

नेपालको पहाडी क्षेत्रहरुमा मकै खेतीका विशेषताहरू,

सेवालुङ खवर | जेठ १५ गते २०८१


नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा धान पछिको दोस्रो मुख्य बाली मकै हो । नेपालको पहाडी क्षेत्रहरुमा विशेष गरी मानिसले उपभोग गर्ने खाद्यबालीको रुपमा,यो मकै उत्पादन गरिन्छ । त्यसैले अहिलेसम्म खेती गर्नको लागि पोटिलो मकैको जात अन्य मर्के भन्दा राम्रो मानिन्छ । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ । कम उत्पादनको मुख्य कारण भनेको जमिनको राम्रो तयारी नहुनु गुणस्तरीय बीउको कमप्रयोग गर्नु र

प्राङ्गारिक तथा अन्य मलको कमी हुनु हो । त्यसैले, गुणस्तरीय बीउको प्रयोग र सुधारिष्टको खेती प्रविधि अपनाउन सकियो भने नेपालमा हाल उत्पादन भइरहेको भन्दा बढी मर्के उत्पादन वृद्धि गर्न सकिन्छ । हावापानी र माटोको अवस्था हावापानी ८ मकै बालीका विरुवाहरु राम्रोसँग हुर्कन र बढ्नका लागि न्यानो हावापानीर मध्यम वर्षातको समयमा खेती गर्नु राम्रो हुन्छ । मकै खेतीमा मकै उम्रनको लागि २० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्छ भने विरुवा बढ्नका लागि औसत २१–२७ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ भन्ने कृषी वालीविज्ञहरु बताउछन् । मध्ये पहाडी क्षेत्रमा धान चमरा निस्कने समयमा अत्याधिक पानी परेमा मकै बाली माविभिन्न खालका रोगहरु र कीराहरु लाग्ने, घोगामा कम दानाहरु लाग्ने जस्ता समस्याहरु आउँछ । त्यसकारण, चैतको अन्तिम हप्ता देखि वैशाखको पहिलो हप्तामित्र ने मकै रोप्नु राम्रो मानिन्छ ताकि वर्षात सुरु हुनु भन्दा अगाबै

धान चमरा निस्की सकोस् । माटो ः मकै खेतीका लागि उर्वर, दोमट र भिरालो वा पानी नजम्ने ठाउँ राम्रो हुन्छ । मकैका प्रकारहरू ःसामान्यतयाः विश्वमा धेरै प्रकारका मकै खेती छन् । वर्तमान समयमा भने नेपालमा बङ्ङ्गारे र पोटिलो मकै गरी दुई प्रकारका मकै खेती गरिंदै आएको पाइन्छ । बङ्गारे मकै ःबगारे मकै विशेषतःजनावर तथा कुखुराहरुलाई दानाको रुपमा अत्याधिक प्रयोग गरिन्छ,किनभने यस्तो मकैमा गिर्खाको मात्राबढी हुन्छ । साथै, पहेलो मकैकोदानाले अण्डा र मासुमा पनि पहेंलो रङप्रदान गर्दछ । माटो ः नके खेतीका लागि उर्वर दोमट र निरालो वा पानी नजम्ने ठाउँ राम्रो हुन्छ ।–.२ पोटिलो मकैपोटिलो मकैको दानाहरुमा बङ्गारा हुँदैन र यसमा धेरै स्टार्चहरु दाना भित्रको सेतो भाग भाग हुनेभएकोले यसमा पिठोको मात्रा बढी हुन्छ ।त्यसैले, यो मकै ढिडो तथा रोटी बनाउनको लागि प्रयोग गरिन्छ ।पोटिलो मकैमा पौष्टिक तत्व धेरैहुने, खाँदाखेरि गुलियो स्वादिलो हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि धेरै हुन्छ । भण्डारण पोटिलो गरेको मकै धेरै महिनासम्म पनि पुन र कीराबाट मके सुरक्षित राख्न सकिन्छ भन्ने कृषिमकैवाली प्रविधीहरु बताउछन् । नेपालको पहाडी क्षेत्रहरुमा विशेष गरी मानिसले उपभोग गर्ने खाद्य बालीको रुपमा,यो मकै उत्पादन गरिन्छ ।त्यसैले अहिलेसम्म खेती गर्नको लागि पोटिलो मकैकोजात अन्य मर्के भन्दा राम्रो मानिन्छ । यो मकैलाई रोग नलाग्ने र लामो समयसम्म भण्डारण गरी अनाजको रुपमा पनि उपभोग गर्न सकिन्छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्