ताप्लेजुङ /ताप्लेजुङमा आज कार्तीक ३० गते बाट मंसिर ३ गते सम्म तिनदिने आँखाशिविर सञ्चालन भएको छ । उक्त तिनदिने आँखाशिविर नेपाल नेत्र ज्योती संघ,ताप्लेजुङ,तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं,रुईत फाउण्डेसन, काठमाण्डौं, फुङ्लिङ नगरपालिका ताप्लेजुङ,सेवा फाउण्डेसन,ताप्लेजुङको आयोजनामा सञ्चालन भएको हो । उक्त आँखाशिविर सञ्चालनमा ओपिटी सेवा ६५३ र नाम दर्ता १९७ जनाले गराएका छन् भने जम्मा ८५० जनाले सेवा लिएका छन् । नाम दर्ता गराएका मध्ये, १३३ जनाको शल्यक्रिया गराउनु परेको डिचेन डोङला स्मारक आँखा शिविरकेन्द्र ताप्लेजुङका उप-सभापती प्रसार–प्रचार विभाग संयोजक खगेन्द्र अधिकारीले बताउनु भयो । तिलगंगा आँखा अस्पताल निर्देशक,विश्व विख्यात नेत्र विशेज्ञ डा सन्दुक रुईतको टोलीले भाली सोमबार विहान बाटै आँखा विरामी हरुका शल्यक्रिया सुरु गर्ने ताप्लेजुङ डिचेन डोङला स्मारक आँखा शिविरकेन्द्रले जनाएको छ । उक्त तिनदिने आँखाशिविरमा छनौट भएका मोती विन्दु रोगीहरुलाई निशुल्क अपरेशनका ब्यस्था भएको ताप्लेजुङ डिचेन डोङला स्मारक आँखा शिविरकेन्द्रले जनाएको छ । तिनदिने आँखाशिविर नाम दर्ता वापत रु ६० चश्मा औषधीको न्युनतम शुल्क लाने ४० वर्ष भन्दा माथिको आँखाका विरामीहरुलाई पढ्नको लागी चश्मा निशुल्क व्यस्था गरिएको आयोजकले जनाएको छ ।









