ताप्लेजुङ/ ताप्लेजुङमा यहि मिती २०८२ साल कार्तीक ३० गतेबाट मंसिर ३ गते सम्म तिनदिने आँखाशिविर बस्ने भएको छ । उक्त तिनदिने आँखाशिविर नेपाल नेत्र ज्योती संघ,ताप्लेजुङ,तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं,रुईत फाउण्डेसन, काठमाण्डौं, फुङ्लिङ नगरपालिका ताप्लेजुङ,सेवा फाउण्डेसन,ताप्लेजुङको आयोजनामा बस्ने भएको हो । डिचेन डोङला स्मारक आँखा शिविरकेन्द्र ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग विशेशज्ञ डा सन्दुक रुईतको उपस्थितीमा र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको प्राविधक सहयोगमा तिनदिने आँखाशिविर बस्ने भएको आयोकले बताएको छ । उक्त तिनदिने आँखाशिविरमा छनौट भएका मोती विन्दु रोगीहरुलाई निशृल्क अपरेशनका ब्यस्था भएको ताप्लेजुङ डिचेन डोङला स्मारक आँखा शिविरकेन्द्रले जनाएको छ । तिनदिने आँखाशिविर नाम दर्ता वापत रु ६० चश्मा औषधीको न्युनतम शुल्क लाने ४० वर्ष भन्दा माथिको आँखाका विरामीहरुलाई पढ्नको लागी चश्मा निशुल्क व्यस्था गरिएको आयोजकले जनाएको छ ।
ताप्लेजुङमा कार्तीक ३० गतेबाट मंसिर ३ गते सम्म ३ दिने आँखाशिविर बस्ने








