समय : ०५:४६ pm | सोमबार , भाद्र २९ गते २०८३

जनशक्ति तथा औषधी सामग्री तयारी अवस्थामा राख्न आग्रह,

सेवालुङ खवर | असाेज १९ गते २०८२

काठमाडौ-असोज १९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल एवं स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति तथा औषधी सामग्री तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सबै अस्पताल एवं स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति तथा औषधी सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न अनुरोध गर्नुभएको हो। निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक एवं जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले मन्त्रालयले यस्तो अनुरोध गरेको हो । डा. बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ। बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालन प्रभावकारी बनाउन उहाँको अनुरोध छ ।कुनै जानकारी तथा सहयोगका लागि सङ्घीय स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका साथै मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयको अनुरोध छ । समाचार स्रोत –गोरखा पत्र

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्