समय : ०४:२७ pm | सोमबार , भाद्र २९ गते २०८३

दसैँले गाउँघरमा चहलपहल, ताप्लेजुङ,फुङ्लिङ बजार सुनसान,

सेवालुङ खवर | असाेज १५ गते २०८२

ताप्लेजुङ, असोज १४ गते। दसैँ सुरु भएसँगै यतिबेला गाउँघरमा चहलपहल बढेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरुका कारण चहलपहल बढेको हो। बजारमा बस्दै आएकाहरु दसैँ मनाउन गाउँ फर्किएपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार भने सुनसान हुँदै गएको छ। सदरमुकाम फुङ्लिङ बजारसहित सहरमा व्यापार गर्दै आएका व्यापारीदेखि कर्मचारी, विद्यार्थी र सर्वसाधारणसमेत दसैँ विदामा चाडपर्व मनाउन गाउँबस्ती फर्केपछि गाउँघरमा चहलपहल बढेको हो।जागिर, पेशा व्यवसाय र अन्य सिलसिलामा गाउँ बाहिर रहेकाहरु चाड मनाउन घर फकिर्नेका कारण गाउँघरमा निकै रमाइलो छाएको छ। परिवारका सदस्यहरु घर फर्केपछि एकापसमा खुशी साटासाट गरेर चाड मनाउन पाउँदा रमाइलो महशुस भइरहेको स्थानीय बताउँछन्।दसैँको सप्तमी अगावै अधिकांस गाउँघर फर्किसकेका छन् भने बाँकी रहेकाहरु गाउँ फर्कने क्रममा छन्। गाउँघर फर्कनेका विभिन्न जाति, समुदायले आ–आफ्नो संस्कार र शैलीअनुसार बनाइएका खानपिनका परिकार खाएर दसैँ मनाउन सुरु गरिएको पनि स्थानीयको भनाइ छ। विजयादशमीको दिन भने भव्यरुपमा टीकाजमरा लगाउने तयारी रहेको उनीहरुको भनाइ छ। यता सदरमुकाममा बसेर पढ्ने विद्यार्थी, कर्मचारी, पेशाव्यवासय र रोजगारी गर्दै आएका सर्वसाधारणसमेत गाउँघर फर्केपछि फुङ्लिङ बजारभने सुनसानजस्तै बनेको छ। फुङ्लिङ बजारमा सोमबारसम्म सामान्य चहलपहल रहे पनि मङ्गलबारदेखि सुनसान बनेको छ। बजारका बासिन्दा यहीँ रहे पनि पसलहरु नखुल्ने हुँदा बजार सुनसान हुने गरेको हो ।समाचार स्रोत :-चन्द्र पन्दाक गोरखापत्र अनलाइन,

दसैँमा चहलहपल बढे,सँगै फक्ताङलु्ङ् गाउँपालिका–४ ईखावु सेताबा गाउँको बस्ती । तस्बिर :- बसन्त लिम्बु लाबुङ्

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्