समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

वडा नं १० फुरुम्बोमा स्थानीय भाषा आनिपान ७ दिने तालिम संचालन समपन्न,

सेवालुङ खवर | असाेज ५ गते २०८२

ताप्लेजुङ,/ताप्लेजुङको फुङलिङ नगरपालिका वडा न १० फुरुम्बोमा रहेका ८ ओटा सामुदायिक बिद्यालयमा स्थानीय भाषा आनिपान ७ दिने तालिम संचालन समपन्न गराएको छ । फुङलिङ नगरपालिका वडा न १० फुरुम्बोको आयोजनामा सामुदायिक बिद्यालयका स्थानीय भाषा आनिपान भाषा शिक्षक शिक्षिकाहरुलाई अझ थप भाषा र लिपि सम्बन्धि दक्षता राख्न क्षमता अबिबृद्दि गर्न ७ दिने तालिम संञ्चालन समापन गरिएको हो । यस तालिमले भाषा शिक्षक/शिक्षिकाहरुको क्षमता अभिबृद्दि भाई अध्यापनमा दक्षता र टेवा पुगि सहयोग पुग्ने १० न फुङलिङ नगरपालिका फुरुम्बोले जनाएको छ । प्रशिक्षकको तालिम संञ्चालन समापन भने भक्त पालुङवाले गर्नु भएको थियो । उक्त ७ दिने तालिम प्रशिक्षण संञ्चालनमा सामुदायिक ८ ओटा बिधालयका २ शिक्षक ६ शिक्षिकाहरुलाई प्रशिक्षण तालिम संञ्चालन गराएको तालिम प्रशिक्षक भक्त पालुङवाले जानकारी दिएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्