ताप्लेजुङ/, भदौ ९ गते । ताप्लेजुङस्थित निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर तमोर नदीमा खस्दा सोमबार एकजना बेपत्ता भएका छन् ।प्रहरीका अनुसार जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको हान्द्रुङस्थित तमोर कोरिडोर सडक खण्डदेखि तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले तनहुँको सुक्लागण्डकी गाउँपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएको जानकारी दिनुभयो । तमोर–५ जलविद्युत आयोजनाको ग १ क ६३१८ नम्बरको टिप्परमा समस्या आएपछि मर्मत गरेर चेक (जाँच) गर्ने क्रममा सो टिप्पर अनियन्त्रित भई तमोरमा खसेको हो ।टिप्पर तमोर नदी बिचमा देखिएको छ भने सुवेदी बेपत्ता भएका छन् । प्रहरी निरीक्षक बस्नेतअनुसार तमोर नदीमा बेपत्ता भएका सुवेदी तमोर–५ जलविद्युत आयोजनामा मेकानिकका रुपमा कार्यरत थिए । यता बेपत्ता सुवेदीको लेलेपको लुङ्थुङ प्रहरी चौकीबाट खटेको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।चन्द्र पन्दाक,
फक्ताङ्लुङ गाउँपालिका –६लेलेपको हान्द्रुङस्थित टिप्पर तमोर नदीमा खस्दा एकजना बेपत्ता,








