समय : ०१:३९ pm | शनिबार , भाद्र २७ गते २०८३

पाथीभरा क्षेत्र विकास समितिको बेरुजु ३६ लाख बढी

सेवालुङ खवर | भाद्र ८ गते २०८२

ताप्लेजुङ/ पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपैयाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फस्र्योट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपैयाँ देखिएको हो ।समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१÷०७२ देखि आर्थिक वर्ष २०८०÷०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फस्र्योट हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकमहरु फस्र्योट समेत भएका छन् । हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपैयाँको बेरुजु रकम फस्र्योट भएको समितिले जनाएको छ । त्यस्तै कार्यकारी निर्देशक हाङबाङको कार्यकालमा महालेखा परीक्षकले आर्थिक वर्ष ०८०÷०८१ मा १८ हजार ६ सय ३ रुपैयाँ बेरुजु औँल्याएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ को मलेपले परीक्षण् गर्न बाँकी रहेको छ । यस्तै सबैभन्दा बढी आर्थिक वर्ष २०७५÷०७६ मा रहेको बेरुजु २६ लाख ३१ हजार ६५८ रुपैयाँ फस्र्योट हुन बाँकी रहेको छ । यस्तै आव ०७१÷०७२ मा ८० हजार ८४५ रुपियाँ, ०७२÷०७३ मा १ लाख १२ हजार ३२२ रुपैयाँ र आव ०७४÷०७५ मा ४२ हजार ९ सय रुपैयाँ बेरुजु फस्र्योट हुन बाँकी रहेको छ । आव ०७६÷०७७ मा ६ लाख २४० रुपैयाँ र ०७७÷०७८ मा १ लाख ७५ हजार रुपैयाँ फस्र्योट हुन बाँकी रहेको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।महालेखा परीक्षकले औँल्याएको बेरुजु रकमको असुल उपर तथा हिसाब मिलान गर्नुपर्ने देखिएको छ । कृष्ण फुरुम्बो लिम्बू ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्