समय : ०४:१८ pm | शनिबार , भाद्र २७ गते २०८३

सिदिङवा गाउँपालिका वडा नं. ४ द्वारा सहजताको लागि सुरक्षा भत्ता नवीकरण

सेवालुङ खवर | भाद्र २ गते २०८२

ताप्लेजुङ/ताप्लेजुङ स्थित सिदिङवा गाउँपालिका वडा नं. ४ साब्लाखुमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने कार्य सम्पन्न भएको छ। टाढा रहेका स्थानीय टोलहरुमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने विशेष–अपांग,अशक्त,वृद्ध साथै सम्पूर्ण सेवा लाभग्राहीहरुको सहजताको लागि कर्मचारी सहितको टोलीले नविकरण वडा नं.४साब्लाखुले गराएको हो ।वडा कार्यालय देखि दुरी टाढा रहेका विशेष–अपांग,अशक्त,वृद्ध लगायत साथै सम्पूर्ण लाभग्राहीहरुको सहजताको लागि कर्मचारी सहितको टोलमै गएर नविकरण गर्ने कार्य भएको सिदिङवा गाउँपालिका वडा नं. ४ साब्लाखुका अध्यक्ष पुर्ण ताम्लिङले जानकारी दिनुभयो । सेवा लाभग्राहीहरुको सहजताको लागि कर्मचारी सहितको टिम टोल टोलमै गएर नविकरण गर्ने कार्य सम्पन्न भए पश्चात यस कार्यमा सक्रिय भएको सबै पक्षलाई हार्दिक धन्यवाद साथै छुट हुनुहुने सेवा लाभग्राहिले वडा कार्यालयमा सम्पर्क गरि नविकरण गर्न हुन गाउँपालिका वडा नं. ४ साब्लाखुले आग्रह गर्नुका साथै थप जानकारी गराएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्