ताप्लेजुङ् / फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले आप्नो तलव सेवा सुविधाहरु, असहाय र अपाङ्ग बालबालिकाका लागि खर्च गर्ने भएको छ । प्रदेश सरकारले मासिक सेवा सुविधा बापत हाल सम्मको लागी साढे १५ लाख रुपियाँ भन्दा बढि खर्च गर्ने बताउनु भएको हो । हालसम्मको उक्त सेवासुविधा बापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था स्थापना गरी सो संस्थाको खातामा जम्मा गरिएको अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनु भयो । प्राप्त गर्नुपर्ने मासिक सुविधा वापत हालसम्म १५ लाख ५९ हजार नौ सय २० रुपियाँ रकम रहेको र उक्त रकम पालिका भित्र रहेका अभिभावक विहीन, असहाय र अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि खर्च हुने भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । ।२०७९ सालको स्थानीय तहको निर्वाचन मार्फत अध्यक्षमा निर्वाचित भए वापत आफूले मासिक पारिश्रमिक नलिने घोषणा गर्नुभएको थियो । सोही अनुसार अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक वापतको रकमलाई अभिभावक विहीन, असहाय र अपाङ्गता भएका बालबालिकाहरूलाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति बनाई चालु आर्थिक वर्षबाट नै सञ्चालनमा ल्याइने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनु भएको छ ।
फक्ताङलुङ गाउँपालिका अध्यक्षले आप्नो सेवा सुविधा नलिने असहाय र अपाङ्गको लागि खर्च गर्ने,








