समय : ०६:३१ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा सिसेक्पा तङनाम २०८२ को अवसरमा शुभकामना आदानप्रदान

सेवालुङ खवर | श्रावण ३ गते २०८२

ताप्लेजुङ,/ताप्लेजुङको फुङलिङ बजारको तोक्मे बजार याराक तावाचङमा लिम्बु समुदाय किरातीहरुको सिसेक्पा तङनाम मनाएको छ । सिसेक्पा तङनाम २०८२ को अवसरमा शुभकामना आदानप्रदान किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको आयोजनामा यालाङ केलाङ कार्यक्रम सहित ताप्वाजङ याराक्मातेन तोक्मा बजारमा सम्पन्न भएको थियो ।उक्त अवसरमा शुभकामना आदान–प्रदान किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाका अध्यक्ष डम्बर पालुङवा कार्यक्रम सम्पन्न भएको याक्थुङ चुम्लुङ जिल्ला शाखाका सचिव सरोज कङलिवाले बताउनु भयो। प्रमुख अतिथीती नविन पमु, विशिष्ट अतिथीती,खगेन्द्र फेम्बु कृतीमान मादेन,लगायत अन्य सदस्यहरुको उस्थिती रहेको आयोजक किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङले जनाएको छ । सिसेक्पा तङनाम आयोजनामा या,लाङ के लाङ प्रस्तुती रहेको किरात याक्थुङ चुम्लुङका केन्द्रिय पार्सद भक्त पालुँवाले बताउनु भयो ।किरात लिम्बु समुदायको मौलिक संस्कृति अनुसार प्रत्येक वर्षको साउन १ गते लिम्बु समुदायले सिसेक्पा तङ्नाम (साउने सक्रान्ति) पर्व मनाउने गर्दछन् । नयाँ पाकेको अन्न,बाली इष्ट देउता (मेन्निमाङ मेन्धामाङ निस्से सेखामाङ) लाई बुझाएर मात्र पर्व मनाउने चलन गरिन्छ । सिसेक्पा तङ्नाम (साउने सक्रान्ति) को अवसरमा लिम्बु समुदायको घरघरको मूलढोकामा बाबियोको डोरीसगै नयाँ अन्नबाली मकै,तुलफूल,कुरिलो जस्ता बनस्पिती झुण्ड्याएर सहकाललाई स्वागत गरिने कार्य या यसले शुभ हुने,आपत् विपतबाट बचाउने विश्वास हुने लिम्बु समुदाय किरातीहरुको भनाई रहेको बताउछन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्