ताप्लेजुङ,/ताप्लेजुङमा २१२ औं भानु जयन्तीको अवसरमा चन्द्र मादेन आन्छन साहित्यिक पुरस्कार वितरण गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक पुरस्कार वितरण कार्यक्रम गरिएको हो । कार्यक्रममा अग्रज कृति,कवि स्रष्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम स्थान भने ताप्लेजुङको हाटल जानु इनको सेमीनार हलमा भएको थियो । प्रमुख अतिथि, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरज मादेन,ले आतिथ्य ग्रहण गर्नु भएको थियो । विशिष्ट अतिथि प्रमुख अनुसन्धान अधिकृत श्री भजन राय, विशिष्ट अतिथि दाता प्रतिनिधि कृतिमान मादेन,रिना मादेनले आतिथ्य ग्रहण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरोज मादेनले याक्सोलाई ‘आन्छन’ साहित्यिक पुरस्कार साहित्यकार हर्क याक्सो लिम्बूलाई प्रदान गरिएको थियो । ताप्लेजुङ जिल्लाका आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ निवासी याक्सोलाई २० हजार रुपियाँ, को आन्छन साहित्यिक पुरस्कार प्रदान गरेका थिए । चन्द्र मादेन आन्छन साहित्यिक पुरस्कार वितरण पश्चात कार्यक्रमसँगै जिल्लाका विभिन्न साहित्यकारहरुले कवि स्रष्टाका रचनाहरु वाचन पनी गरेका थिए । जिल्लाका विभिन्न साहित्यकारहरु २९ जनाको संख्यामा उपस्थिती रहेको थियो । विभिन्न स्रष्टा तथा सर्जकबाट प्राप्त भएको प्रकाशित कृति (पुस्तक) लाई मूल्याङ्कन गरी सर्वोत्कृष्टका आधारमा याक्सोलाई पुरस्कार प्रदान गरिएको र आन्छन पुरस्कार वितरणका लागि पुरस्कृत हुने स्रष्टा छनोटका लागि अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको एक छनोट तथा मूल्याङ्कन समिति निर्माण गरिएको थियो । छनोट तथा मूल्याङ्कन समितिको समीक्षा सहित नाम सिफारिस गरे अनुसार याक्सोलाई पुरस्कार प्रदान गरिएको कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले जनाएको छ । आदिकवि भान जयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा रचना वाचन गर्ने सबै स्रष्टालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सचिव शान्तिराम नेपालले बताउनु भयो ।









