समय : ०५:०० pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङ्लुङ गाउँपालिका थाक्पु खोलामा बाढीले काठेपुल बगाउँदा यातायात ठप्प

सेवालुङ खवर | असार २७ गते २०८२

ताप्लेजुङ,/ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका लेलेप अवस्थित थाक्पु खोलामा अत्यधिक बर्षा भएपछि बुधबार राति बाढी आएको छ । उक्त थाक्पु खोलामा बाढी आएका कारण मोटर गुड्ने काठेपुल बगाउँदा यातायात अवरुद्ध भएको हो । बुधबार रातिदेखि अत्यधिक बर्षा भएपछि बाढी थाक्पु खोलामा बाढी आएको थियो । बुधबार राति वषासँगै थाक्पु खोलामा बाढी आएकोले खोलाको काठेपुल लगायत खोला आसपास क्षेत्रका सडकसमेत क्षति भएपछि यातायात अवरुद्ध भएको त्यहाँको स्थानीयले जानकारी गरएको छ । बाढीले काठेपुल सँगै सडक क्षति गरेपछि अब तत्कालै यातायात सञ्चालनमा आउन नसक्ने र बाढीले सडक अवरुद्ध गरेपछि वडा नं ७ ओलाङ्चुङगोलातर्फ यातायात सुविधा अवरुद्ध भएको छ । अत्यधिक बर्षा भएका कारणले क्षती भएपछि सडक,काठेपुल तत्कालै पुनर्निर्माण हुन नसक्ने अवस्था भएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्