ताप्लेजुङ / ताप्लेजुङको सिदिङ्वा गाउँपालिका -२, सादेवा स्थित सिदिङ्वाधाम मन्दिरमा राखिएको श्रृङ्ग कृष्णको मूर्ति तोडफोड भएको छ । करिब १ महिना अघि मात्र अनावरण गरिएको उक्त मूर्ति तोडफोड भएको हो । मूर्ति राख्ने समयमा केही असन्तुष्ट पक्षहरुले उक्त ठाउँमा मूर्ति नराख्न आग्रह गर्दै आएका थिए । तर अहिले मूर्ति कस्ले तोडफोड र मन्दिरबाट बाहिर निकाल्यो केही खुलेको छैन । मूर्ति मन्दिरबाट करिब २० मिटर तल लगेर तोडफोड गरिनुका साथै मूर्तिको एउटा हात भाँचिएको छ भने अनुसार पूर्ण रुपमा तोडफोड भइ पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष मान बहादुर राईका अनुसार प्रहरी पहिचान गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ । मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले अनावरण गर्नुभएको थियो । मूर्ति पालिका अध्यक्ष राईको पहलमा भारतबाट ल्याईएको हो । केही समय आफ्नै घरमा राखेर पूजा गर्ने गरेको पनि राईले बताउनुभयो । घटना ठूलो भएकाले निष्पक्ष छानबिन गर्ने राईको भनाई छ ।साभार: विक्रम लाम्गदे,
ताप्लेजुङको सादेवा स्थित सिदिङ्वा धाम मन्दिरमा राखिएको मूर्ति तोडफोड,








