ताप्लेजुङ,असार १५ । नेपालको ग्रामीण तथा हिमाली जिल्लाको शिक्षा प्रवद्र्धन कार्यमा सक्रिय ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सिकाई उपलब्धी प्रवद्र्धनमा सक्रिय १३ जना शिक्षकलाई पुरस्कृत गरेको छ ।रिड नेपाल ताप्लेजुङका प्रवन्धक राजेन्द्र प्रसाद पन्तका अनुसार स्टार टिचर अवार्डबाट ५ जनापुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने शिक्षकहरुमा सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुन देवीमावि इखाबुका लिला मावोहाङ, लुङथुङ आधारभूत बिद्यालयका मिङमासाङगे शेर्पा, शितला आधारभूत बिद्यालय खेवाङका सुमित्रा मग्रान्ती रहनु भएको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने रिड नेपालको कार्यक्षेत्रका बिद्यालयका बिद्यालय कर्मचारीतर्फ कञ्चनजंघा आधारभूत बिद्यालयका कविता लिम्बू पुरस्कृत हुनु भएको छ । स्रोत नेतृत्व समूहतर्फ सरस्वती च्यारिवुक मा.वि. लेलेपका प्रधानाध्यापक मिङमा ग्याञ्जे शेर्पा, रानी आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा तथा लक्ष्मी मावि मामाङ्खका शिक्षक राजेन्द्र भट्टराई पुरस्कृत हुनुभयो । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघतर्फ सरस्वती आधारभूत बिद्यालयका दीपक लिम्बू र महेन्द्र आधारभूत बिद्यालय खेवाङका जिना राई पुरस्कृत हुनुभएको छ । दीपक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र राई शिक्षक अभिभावक संघ अध्यक्ष हुनुहुन्छ ।यस्तै स्टार स्कुल अवार्डको पुरस्कारबाट लुङथुङ आधारभूत बिद्यालयका सोनाम शेर्पा पुरस्कृत हुनुभएको छ । बेष्ट प्रफमिङ स्कुल सरस्वती माध्यमिक बिद्यालय तापेथोकका प्रधानाध्यापक चन्द्र मणिसुब्बा लिम्बू, रानी आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा तथा माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट अंक ल्याउने बिद्यालयतर्फ सरस्वती माध्यमिक बिद्यालय तापेथोककाचन्द्रमणि सुब्बा लिम्बू पुरस्कृत हुनुभयो । पुरस्कृत हुनेहरुले जनही ५ हजार देखि ४५ हजार रुपैयाँका साथ दोसल्ला र सम्मान पत्र पाउनु भएको छ । व्यक्तिग तर्फ ५ हजार र संस्था गततर्फ उत्कृष्ट हुनेलाई ३० हजार र सर्बोत्कृष्ट हुनेलाई ४५ हजार रुपैयाँ पुरस्कार दिईएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास), शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई सहितले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ । बर्षभरीको सिकाईका आधारमा रिड नेपालको कार्यक्षेत्रका ३५ वटा बिद्यालय भित्रबाट बिद्यालय,शिक्षक,व्यवस्थापन समिति र स्रोत व्यवस्थापन शिक्षकलाई पुरस्कृत गरिदैं आएको रिडनेपालले जनाएको छ । रिड नेपालले २०७० सालबाट यस्तो अवार्ड प्रदान गर्न थालेको हो । रिडकाजिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार २०७७ २०७८, र २०७९ मा कोभिड संक्रमणका कारण योपुरस्कार प्रदान गरिएन । प्रत्येक बर्ष बितरण हुने यो पुरस्कारका लागि एकबर्षमा ३ लाख रुपैयाँ खर्चहुने छ । रिड नेपालले बिद्यालयलाई शैक्षिक सामग्री र तथा जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा छात्र बृत्ति समेत प्रदान गर्दै आइरहेको छ । हालसम्म ९४ जनालाई उच्च शिक्षा छात्रबृत्ति प्रदान गरिएको रयसका लागि ८५ लाख रुपैयाँ खर्च भइसकेको पन्तले जानकारी दिनुभयो । रिडले शिक्षक तर्फको छनौटका लागि ६ वटा आधार तय गरेको छ । ति आधारहरुमा हाजिरी, शिक्षकले पठाउँदै गरेको बिषयको सिकाई उपलब्धी, सम्वन्धित बिद्यालयको प्रधानाध्यापकले दिएको अंक, शिक्षा विकास तथा समन्वय इकाई, सम्वन्धित बिद्यालयको शिक्षा अधिकारी र रिडनेपालले दिएको अंकका आधारमा पुरस्कृत गरिन्छ । यस्तै बिद्यालय पुरस्कृत गर्नुपूर्व १२ वटा आधारर १ सय वटा ४० वटा सूचक तय भएका छन् । ति आधारमा भर्ना दर कक्षा छोड़नेदर, प्रधानाध्यापकको व्यवस्थापकीय क्षमता, बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावकसंघसंगको समन्वय, शिक्षकको उपस्थिति, बिद्यार्थीको उपस्थिति, भौतिक अवस्था, सिकाईउपलब्धी, बालमैत्री बिद्यालय, कक्षा कोठाको व्यवस्थापन र कक्षा कोठामा बालबालिका रमाएका छन् की छैनन् भन्नेलाई मुख्य आधार मानिन्छ । साभार उज्यालो पोष्ट
(रिड) नेपाल सिकाई उपलब्धी प्रवद्र्धनद्धारा सक्रिय १३ जना शिक्षक पुरस्कृत,








