समय : ०५:१९ pm | आइतबार , भाद्र २८ गते २०८३

स्वास्थ्य कार्यालय ताप्लेजुङद्धरा डेंगु नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा पैरवी कार्यक्रम,

सेवालुङ खवर | जेठ २५ गते २०८२

ताप्लेजुङ, जेठ २४ । हिमाली जिल्ला ताप्लेजुङमा डेंगु सङ्क्रमणको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्र्मी याममा डेंगु सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले जिल्ला वासीलाई सतर्क रहन आग्रह गरेको हो । स्वास्थ्य कार्यालयले सदरमुकाम फुङ्लिङमा शनिबार डेंगु सार्ने लाम् खुट्टेको बास स्थान खोजी गरी लार्भा नष्ट तथा डेंगु नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै डेंगु सङ्क्रमणको जोखिमबाट सबैले सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागितामा आयोजित अभिमुखीकरण तथा पैरवी कार्यक्रममा हिमाली जिल्लामापनि डेंगुको जोखिम बढेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको हो ।स्वास्थ्य कार्यालयका निमित्र् कार्यालय प्रमुख उदयनारायण दुलालले तराईसहितका गर्मी क्षेत्रमा हुने डेंगु सङ्क्रमण पछिल्लो समय पहाड तथा हिमाली क्षेत्रमा पनि देखा पर्न थालेको बताउनुभयो । हिमालतिर पनि डेंगु सङ्क्रमण देखा पर्नु जलवायु परिवर्तनको कारण हुनसक्ने दुलालको भनाइ छ । गर्मी मौसममा डेंगु सङ्क्रमणको जोखिम बढी हुने गरेको स्थास्थ्य कार्यालयका खोप अधिकृत दिनेश रायले बताउनुभयो । हालको डेंगु सङ्क्रमणको जोखिम हुने गर्मी मौसममा सबैले सतर्कता अपाउनुपर्ने रायले बताउनुभयो । डेंगु सङ्क्रमण फैलिन नदिन साथै नियन्त्रणका लागि सबैले लामखुट्टे नष्ट गर्ने अभियान चलाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विगतदेखि हालसम्म जिल्लामा करिव ४५ जनामा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।अभिमुखीकरण तथा पैरवी कार्यक्रममा फुङ्लिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले डेंगु रोगसम्बन्धी प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतिका क्रममा खवासले पानी जम्ने ठाउँबाटडेंगु सार्ने लामखुट्टेको विकास हुने र सोही लामखुट्टेले डेंगु रोगको सङ्क्रमण फैलाउने जानकारीदिनुभयो । पानी जम्ने ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्ने रफुलबाट लार्भा हुँदै वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग फैलाउने उहाँले बताउनुभयो ।डेंगु रोगको हालसम्म औषधी नभएकाले सङ्क्रमण जोगिनलाई सचेतता अपनाउनुको विकल्प नहुनेपनि उहाँले बताउनुभयो । डेंगु रोग फैलाउने लामखुट्टे पाइने सम्भावित ठाउँको पहिचान गरीनियन्त्रण गर्न सरसफाई लगायतका क्रियाकलाप गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । फुङ्लिङनगरपालिका, स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङले डेंगु रोगको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि वडा–वडामा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।-उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्