समय : ०५:१९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण,

सेवालुङ खवर | जेठ ८ गते २०८२

ताप्लेजुङ/,जेठ ५ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ । मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो ।मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सोमबार नारायण माविमा अध्ययनरत १५५ जनाविद्यार्थीको आँखा परीक्षण गरिएको छ । उक्त सङ्ख्यामध्ये (५ जना छात्रा र ६) जना छात्र रहेकोछन् । आँखा परीक्षणका क्रममा समस्या देखिएका नौ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको गाउँपाकिला अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । जिल्लास्थित नेपाल नेत्र ज्योति संघ, डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको समन्वय र गाउँपालिकाको आर्थिक व्यवस्थापनमा विद्यालयमै पुगेर विद्यार्थीको आँखा परीक्षण गरिएको हो । पालिकाका सबै विद्यालयमा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गरिने पनि गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्षेत्र कार्यकर्ता काजी थेबे सहित प्राविधिक जन शक्तिको संलग्नतामा विद्यार्थीको आँखा परीक्षण गरिएको हो । यस्तै आइतबार सिँवा माविमा अध्ययनरत करिव दुई सय पचास जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । पाथीभरा बहुमुखी क्याम्पसको सामुदायिक पहुँच कार्यक्रम अन्तर्गत विद्यालयमा शिविर आयोजना गरी विद्यार्थीको आँखा परीक्षण गरिएको हो । विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार करिव २५) जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र उपलब्ध अभिभावक समेतको आँखा परीक्षण गरिएको गौतमले जानकारी निःशुल्क आँखा परीक्षण तथा सामूहिक मनोसामाजिक मनोविमर्श कार्यक्रम आयोजना गरी सेवाप्रवाह गरिएको पाथीभरा क्याम्पस सञ्चालन समिति अध्यक्ष शिला इजमले जानकारी दिनुभयो ।अध्यक्ष इजमका अनुसार नेपाल नेत्र ज्योति संघ, डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रकोसहयोगमा शिविर सञ्चालन गरिएको हो । सिँवामा पनि डिचेन डोङगला स्मारक आँखा उपचारकेन्द्रकै क्षेत्र कार्यकर्ता थेबे लगायतका प्राविधिक जनशक्तिले आँखा परीक्षण सेवा प्रदान गर्नुभएकोथियो ।यता आँखा परीक्षण सेवासँगै मनोसामाजिक विमर्शसमेत गरिएको पाथीभरा बहुमुखी क्याम्पसलेजनाएको छ । मनो सामाजिक विमर्श कार्यक्रममा मनोविमर्श प्रशिक्षक राजेन्द्र काफ्लेले सहजीकरण गर्नुभएको बताइएको छ । सदरमुकाम फुङ्लिङमा रहेको पाथीभरा बहुमुखी क्याम्पस जिल्लाको एकमात्र स्नातकोत्तर तहसम्म अध्ययन हुने क्याम्पस हो ।साभार उज्योलो पोष्ट दैनिक,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्