ताप्लेजुङ/ फक्ताङलुङ गाउँपालिकाले सार्वजानिक विदामा पनी विद्यालय सञ्चालन गर्ने भएको छ । सार्वजानिक विदा भएको दिनहरुमा पनी विद्यालयमा पठन पाठन सञ्चालन गर्ने भएको हो । शिक्षा समिती तथा विद्यालयका प्रधानाअध्यापकको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शैक्षिकमा भएको क्षतीलाई परिपूर्ती गर्नुपर्ने भएको ले गर्दा विदाका दिनहरुमा पनि पठनपाठन सञ्चालन गर्ने फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । शैक्षिक क्यालेन्डरमा भएको मिन पचासको दिनमा पनि विद्यालय सञ्चालन गरिनु पर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्तीले बताउनु भएको छ । अभिभावक,भेटघाट, तथा शैक्षिक जनचेतना अविद्धी कार्यक्रम सञ्चालन गरेमा अनिवार्य पालिकाको शिक्षा शाखा स्रोतमा प्रतिवेदन तयार गरि वुझाउने व्यवस्था गर्नुपर्ने निर्णय समेत बैठकले गरेको फक्ताङलुङ् गाउँ पालिकाले जनाएको छ।
फक्ताङलुङ् गाउँपालिकाले सार्वजानिक विदामा पनी विद्यालय सञ्चालन गर्ने,








