ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री बितरण गरेको छ । करुणा फाउण्डेशन, प्रदेश सरकार (सामाजिक बिकास मन्त्रालय) र गाउँपालिकाको त्रिपक्षीय साझेदारीबाट अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत आइतबारदेखि सहायता सामाग्री बितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिनुभयो ।अध्यक्ष कार्कीका अनुसार सहयता सामाग्री अन्र्तगत शौचालय कुर्सी, बैशाखी चस्मा र श्रवण यन्त्र सहितका सामाग्री प्रदान गरिन थालिएको हो । जसअन्र्तगत आइतबार वडा नं. १,२,३ मा बितरण गरिएको छ र बाँकी सबै वडाहरुमा बितराण गरिने अध्यक्ष कार्कीको भनाई छ । अपाङगता भएका व्यक्तिको क्षमता अभिवृत्ति गर्ने कुरामा गाउँपालिका सधैँ तयार रहेको अध्यक्ष कार्कीले बताउनुभयो । पालिकासंग भएका स्रोत साधनको प्रयोग गरी अपाङ्ग व्यक्तिको अधिकारलाई पालिकाले सम्बोधन गर्ने अध्यक्ष कार्कीले बिस्वास दिलाउनुभयो । यस्तै उहाँले आगामी आर्थिक बर्षबाट अपाङ्ग व्यक्तिकालागि सम्मानजनक कार्यक्रम ल्याउने तयारी रहेको समेत बताउनुभएको छ । सहायता सामाग्री पालिका अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा र सम्बन्धीत वडाका अध्यक्ष लगायतको उपस्थीतीमा वडामै पुगेर वितरण गरिँन थालिएको हो । विक्रम लाम्गाधे,
मिक्वाखोला गाउँपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिलाई सामाग्री वितरण,








