समय : ११:०३ am | शनिबार , भाद्र २७ गते २०८३

शनिबार ताप्लेजुङको बिभिन्न स्थानहरुमा बिद्युत अबरुद्ध हुने

सेवालुङ खवर | वैशाख २६ गते २०८२

ताप्लेजुङ/ शनिबार ताप्लेजुङका बिभिन्न स्थानमा बिद्युत अबरुद्ध हुने भएको छ । पाँचथरको अमरपुर देखि ताप्लेजुङको हिटी सम्म ३३ के। भी हिटी फिडर अन्र्तगत बुस कटिङ हुने भएकाले बिद्युत अबरुद्ध हुने बिद्युत प्राधिकरण ताप्लेजुङ बितरण केन्द्रले जनाएको छ । जसअन्र्तगत बिहान ८ बजेबाट साँझ ६ बजेसम्म बिद्युत अबरुद्ध हुने आज जारी सुचनामा उल्लेख गरिएको छ । तोकिएको समय अगाबै बुस कटिङको कार्य सम्पन्न भए आगाडीबाट नै लाइन चालु हुने बताइएको । कहाँ कहाँ अबरुद्ध हुँदैछ बिद्युत हिटी सबस्टेशनबाट सप्लाई हुने फुङलिङ नगरपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र पाथीभरा याङवरकको वडा नं। १ नाङ्खोल्याङ र २ थेचम्बु ३ तिरिङ्गेका बिभिन्न स्थानमा बिद्युत अबरुद्ध हुने ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ । विक्रम लामगाधे

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्