मोरङ/ सुन्दर हरैचा नगरपालिका मोरङमा किरात लिम्बुहरुको मातृसंस्था किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन ज्युको अध्यक्षतामा किरात लिम्बुहरुको मातृसंस्था किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । लिम्बुवान आन्दोलनको ऐतिहासिक ब्याक्तित्व तुत्तु तुम्याहाङ एवम् पल्लो किरात लिम्बुवानको अध्यक्ष तुत्तु चन्द्र प्रसाद योङ्या ज्युको प्रामुख आतिथ्यतामा र किरात याक्थुङ चुम्लुङ संस्थापक,संघीय सल्लाहकार विभिन्न जातीय संघ सस्था आतिथ्यतामा सम्बोधन शुभकामना मन्तव्य रहेको थियो । चुम्लुङको कार्यक्रममा समुद्घाटन भने प्रमुख अतिथिबाट दिप प्रज्वलन सुरुवात गरी याक्थुङ्हरुको मौलिक बाजा के अर्थात च्याब्रुङ बजाएर गरिएको थियो । साथै कियाचुमा अन्य भन्दा अलिक फरक तरिकाले अहोरात्र खटिनु हुने माङ्गेना चेलि किरात याक्थुङ चुम्लुङ इलाम जिल्लाको अध्यक्ष बुद्ध सोङमि लिम्बु र चन्द्रमाया लिम्बुलाई,सम्मान सहित प्रसंसा पत्रले सम्मान गराएको थियो । प्रमुख अतिथि चन्द्र प्रसाद योङ्या ज्युले सम्बोधन शुभकामना मन्तव्य राख्नुहुदैं याक्थुङ लिम्बूहरुको किपट जल,जमिन,जङ्गल,मुन्धुमि धार्मिक स्थललाई संरक्षण गर्दै लैजाने र आउदो दिनमा मुन्धुममा शिक्षा संचालन सुरु गर्न समेत सल्लाह दिनु भभको थियो ।उक्त कार्यक्रममा या,लाङ (धान नाच,) केलाङ (च्याब्रुङ नाच,) हाक्पारे,ख्यालीको साथमा खुल्लासत्र सम्पन्न भएकोथियो । यस बैठकमा चुम्लुङको सांगठनिक प्रगति प्रतिबेदन,तथा आर्थिक प्रतिबेदन जिल्ला प्रदेश संघीय रहने बताइको छ र यस राष्ट्रिय चुम्लुङ भने बैशाख २६ र २७ गते रहने किरात याक्थुङ चुम्लुङ जिल्लाशाखा ताप्लेजुङका सचिव सरोज कङलिवाले बताउनु भयो ।



फोटो : तस्विर सरोज कङलिवा,








