समय : १२:४६ am | शनिबार , वैशाख ४ गते २०८३

बचत तथा ऋण सहकारी संस्थाद्धारा एकदिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन सम्पन्न,

सेवालुङ खवर | वैशाख १० गते २०८२

पाँचथर/ फाल्गुन्नद गउँपलिका ५ घुर्बिसे पन्चमी बचत तथा ऋण सहकारीसंस्था मार्फत निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । घुर्बिसे पन्चमी बचत तथा ऋण सहकारीसंस्थाको आयोजना र बेलनेस फाण्डेशन दमकको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको हो । सन्चालित निशुल्क स्वास्थ्य शिबिरमा १९७ जना स्वास्थ्य परिक्षण,रगत परिक्षण,निशुल्क औषाधि बितरण र २५ जनाको सर्जरी सेवा र जम्मा १९७ जना लाई सेवा प्रदान गरेको थियो । भि.आ.ई.ए पाठेघर को मुख मा क्यानसर परीक्षण समेत संस्था ले निःशुल्क प्रदान गरेका थिए भने जम्मा ४१ महीला ले यो सेवा लिएका थिए । त्यस मध्ये १ जना महीला संक्रमित रहेको स्वास्थ्य शिबिरका बिषेशज्ञ डक्टरहरुले बताएका छन् । संक्रमित महीलालाई लाईफ गार्ड क्लिनीक अस्पताल दमकमा उपचार को लागि लाने सल्लाह समेत उक्त शिविरले जनाएको छ । निशुल्क स्वास्थ्य शिबिर सञ्चालनमा जम्मा ६७ जनाले रगत परीक्षण निःशुल्क रूप मा सेवा लिएको पनी वेलनेस फाउण्डेसनले जनाएको छ । स्वास्थ्य शिबिरका बेलनेस फाण्डेशन दमकको प्राबिधिक स्वाथ्यकर्मीहरु लाई शिबिर सम्पन्न भएपछी घुर्बिसे पन्चमी बचत तथा ऋण सहकारीसंस्था मार्फत हार्दिक धन्याबाद पत्र सहित विदाई गरेको संस्थाका अध्यक्ष बिर्णसि चेम्जङंगले जानकारी दिएका थिए ।

फोटो:तस्विर याक्थुङ सा निश्चल चेम्जङ्

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्