समय : ०५:५५ pm | आइतबार , भाद्र २८ गते २०८३

मौलिक परम्पारागत ऐतिहासिक मुन्धुमी स्थल “थाकथाक खिबो“र थाकेलुङ,,

सेवालुङ खवर | वैशाख ९ गते २०८२

ताप्लेजुङ/ “थाकथाक खिबो“र थाकेलुङ,, तागेरा निङ्वाफुमा युमा माङ्ले तान बुनेर बसेको एक ऐतिहासिक मुन्धुमी स्थल ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँ पालिका–३ खेबेङ गाउको पुछर थकवा तेगुमा पर्दछ । एक किमदती कथा अनुसार थकवा तेगुमा नामले चिनारी भएपछि ऐतिहासिक “थाकथाक खिबो“मुधुन्धुमी स्थल रहन गएको हो । थाकेलुङ,, ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु मयाम बेतेनी गाउँमा रहेको छ । हालसालै त्यस ठाउँबाट ईम्बीरी याङथाङवा बगी रहेको देखिन्छ र लिम्बू गाउँ नामले चिनीने लिङखम तिबुङ भनेर चिनीन्छ । त्यस ठाउँमा लिम्बू जातीका लिङखिम र तवेबुङ,अन्यमा राई रिजाल,वि.क जस्ता जाती रहेको छ । “थाकेलुङ,, ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु मयाम बेतेनी गाउँमा भने लिम्बू जातीका लिङखिम र तवेबुङ,लेछर्वाे माङयुङ,पताङवा,बेघा,नाल्बो,मावोहाङ,ईधिङगो अन्यमा राई,भट्राई,खड्का,कार्की, वि.क ,नेपाली,दर्नाल,जस्ता थरहरु समावेश भएर बसेको त्यँहाका स्थानीय तथा याक्थुङ युवा मञ्चका अध्यक्ष विरेन लिम्बू तबेवुङ बताउनु हुन्छ । स्थनीय तह अन्र्तगत फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँ पालिका,रहेका छन् । विद्यालय,स्वाथ्य चौकी,उत्तर दक्षिीण ओलाङचुङ गोला लोकमार्ग र कृषी सडकहरु रहेको छ । ऐतिहासिक मुन्धुमी स्थलमा चिनारी र परिचयकोे लागी याक्थुङ युवा मञ्चले होडिङ बोर्डहरु राखिएको स्थनीय तथा याक्थुङ युवा मञ्चका विरेन तवेबुङ बतउँछन् ।

फोटो : तस्विर विरेन तवेबुङ लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्