समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङ् को फक्ताङलुङ गाउँपालिकामा कञ्चजङ्घा पार्क सेन्टर शिलान्यास,महोत्सव सुरु,

सेवालुङ खवर | वैशाख ५ गते २०८२

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ५ तापेथोकमा कञ्चजङघा पार्क सेन्टर शिलान्यास गरिएको छ । कञ्चनजङघा हिरक महोत्सवको अवसरमा फक्ताङलुङ गाउँपालिकाको ५ तापेथोकमा कञ्चजङघा पार्क सेन्टर शिलान्यास गरिएको हो । रिग्ली वन्य जन्तुकोष डब्लु डब्लु एफ नेपालका राष्ट्रिय व्यस्थापक डाक्टर घनश्याम गुरुङ,समृद्ध पहाड परियोजनाका राष्ट्रिय निर्देशक संजीव न्यौपाने, र कञ्चजङघा संरक्षण क्षेत्र व्यस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बोको उपस्थितमा उक्त कञ्चजङघा पार्क सेन्टर शिलान्यास गरिएको कञ्चजङघा संरक्षण क्षेत्र व्यस्थापन परिषदको कार्यालयले जनाएको छ । २०८२ वैशाख ५ गतेबाट सुरु हुने कञ्चनजङघा हिरक महोत्सवको अवसरमा नेपाल सरका संस्कृती पर्यटन तथा नागरिक उड्यानमत्री बद्रिनाथ पाण्डेले उद्धघाटन गर्नु भएको थियो । उद्धघाटन कार्यक्रममा केन्द्रिय प्रतिनिधी सभा संघिय संसद योगेशकुमार भट्राई लगायत स्थानिय जनप्रतीनिहरुको उपस्थिती रहेको परिषदको आयोजकले जनाएको छ । वैशाख ५ गतेबाट सुरु हुने कञ्चनजङघा हिरक महोत्सवको अवसरमा चर्चित नेपालका राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुकोे बेजोड सांस्कृतिक प्रस्तुती पनी रहने परिषद आयोजकले बताएकोे छ । कञ्चनजङघा हिरक महोत्सव भने बैशाख ७ गते सम्म रहने छ । उक्त महोत्सवको अवसरमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता ताप्लेजुङको मैवा खोला र आठराई त्रिवेणी ७ गरी ८ टिमको सहभाता रहेको परिषद आयोजकले जनाएकोे छ ।उक्त तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचार–प्रसार, स्थानीय उत्पादनको प्रदर्शनी, र बिक्री, मौलिक खानाका परिकारको प्रवद्र्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनी लगायत विविध गतिविधिहरू हुने व्यवस्थापन परिषद् आयोजकले बताएकोे छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्