समय : ०५:१४ pm | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा,

सेवालुङ खवर | वैशाख ५ गते २०८२

ताप्लेजुङ/ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गाउँपालिकाले गरेको छ । बिहिबार एक कार्यक्रम गर्दै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । गाउँपालिकाका अनुसार वडा नं. ४ इखाबुमा चैत २१ गते, वडा नं. ६ लेलेपमा चैत २४ गते, वडा नं. ३ लिङखिममा चैत २६ गते, वडा नं. ५ तापेथोक र वडा नं. १ सावादिनमा चैत २८ गते र वडा नं. २ खेजेनिममा चैत ३१ गते पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेको छ । त्यस पशचातै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा हुनेमा फक्ताङलुङ चौथो बनेको छ । १५ देखि ५९ महिना सम्मका बालबालिकाको पूर्ण खोप समायोजन अनुसार सावादिन स्वास्थ्य चौकीबाट ५६ जना, खेजेनिम स्वास्थ्य चौकीबाट १ सय ११ जना, लिङलिम स्वास्थ्य चौकीबाट ९१ जना, इखाबु स्वास्थ्य चौकीबाट १२१ जना, तापेथोक स्वास्थ्य चौकीबाट ८४ जना, लुङथुङ स्वास्थ्य चौकीबाट ७६ जना र ओलाङ्चुङ स्वास्थ्य चौकीबाट २ जनाले खोप पाएको थियो । स्थानीय तह अन्तरगत एक नगरपालिका र आठवटा गाउँपालिका रहेको ताप्लेजुङमा यस अघि सिदिङ्वा, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेको छ । यस अनुसार ताप्लेजुङका चार वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको थियो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्