ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा कक्षा ८ का विद्यार्थीहरुले फेरी कक्षा दाहोर्याउनु पर्ने भएको छ । फक्ताङलुङ गाउपालिकामा कक्षा ८ का ७९ विद्यार्थीहरुले फेरी दाहोर्याउनु पर्ने भएको हो । फक्तालुङ गाउपालिकाको आधारभुत शिक्षा अनुसार पालिका स्तरीय कक्षा ८ का परिक्षामा अघिल्लो वर्षभन्दा यसवर्ष शैक्षिक सत्रमा सुधार भएको पालिकाले बताएको छ । यसवर्षको परिक्षामा १९१ जना सहभागी मध्ये ११२ जना परिक्षामा उतिर्ण भएका छन् । अघिल्लो वर्षको आधारभुत सत्रमा २२९ जना मध्ये १४१ जनाले जनाले उतिर्ण भएकाथिए भने ८८ जना विद्यार्थीहरुले कक्ष दाहोर्याउनु पर्ने भएको थियो । यसवर्ष शैक्षिक सत्र कक्षा ८ परिक्षाको नतिजामा जिपिए समेत पालिकाले सुधारेको छ ।यो वर्षमा ३.२ देखि ३.६ ल्याउने विद्यार्थीहरु धेरै रहेका छन् । गतवर्षमा २.८ देखि ३.२ जिपिए विद्यार्थीहरुले ल्याएका थिए भने वर्षको पालिका आधारभुत शैक्षीक सत्रमा तिन विद्यालय सेवालुङ् ,रानी, पर्वतीका विद्यार्थीहरु शतप्रतिशत उतिर्ण भएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिकामा कक्षा ८ का ७९ विद्यार्थीहरुले कक्षा दाहोर्याउनु पर्ने








