समय : ०७:३७ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहकार्यका लागी अगाडि बढ्ने,

सेवालुङ खवर | चैत्र २४ गते २०८१

ताप्लेजुङ/ अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् ।मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने भएका हुन् ।आज मेरिङदेन गाउँपालिकामा त्रिपक्षीय मैत्रीपुणै बैठक बसि तीन गाउँपालिकाले समृद्धि र विकससँग जोडिएको जैविक विविधता स्थानीय उत्पादन र उक्त क्षेत्रका ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्धन गर्दै पर्यापर्यटनको विकास गर्न एक आपसमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।यस्तै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका तीन पालिकाहरूले चालु आर्थिक वर्ष देखि सञ्चालनमा रहेको नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा समेटिनु पर्ने आफ्नो पालिकाहरू नसमेटिएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।उक्त परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग देखि जलजले ,तिन पोखरी सोदुपोखरी तोक्पेगोला,ओलाङचुङगोला सम्म कायम गर्न माग समेत गरेका छन् । लालीगुराँस पदमार्गमा तुम्लिङटार खादवारी, नुम,गुफापोखरी, वसन्तपुर, जलजले,तिनजुरे, मिल्के,पर्दछ ।यो पदमार्गको परियोजनाले ताप्लेजुङको मैवाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकालाई समेत समेट्ने बताइएको छ ।साथै कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रमहरु छनोट गर्दा जैविक विविधता र प्राकृतिको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङलाई नसमेटिएकोमा पनि ध्यानाकर्षण गराएका छन् । रेडियो तमोर बाट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्