ताप्लेजुङ/ ताप्लेजुङको जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री दिइएको छ । उक्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन ताप्लेजुङ जिल्ला अस्पताललाई दिइएकोे हो । सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त गराएको थियो । स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको प्रदेशमन्त्री हाङ्गामको सचिवालयले जनाएको छ । हृदयघातजस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एइडी मेसिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने अस्पताल स्रोतले जनाएको छ ।दुर्गम हिमाली जिल्ला भएको हुनाले धेरै महत्त्वपूर्ण मेसिन प्राप्त भएकाले जिल्ला वासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङ्गामले बताउनु भएको छ । सुविधा सम्पन्न स्वास्थ्य संस्था साथै अस्पतालको पहुँचभन्दा टाढा भएको क्षेत्रमा एइडी जस्तो महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्राप्त भएको र यसलाई सही प्रयोग गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा पनि मत्री हाङगामले भन्नुभयो ।
डिफिब्रिलेटर (एइडी) मेसिन ताप्लेजुङ जिल्ला अस्पताललाइ प्रदान,








