ताप्लेजुङ,/ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा सदस्यको मृत्यू भए पश्चात पालिकाले सोक विदा दिएको छ। फक्ताङलुङ गाउँपालिकाले एक वडा सदस्य जन प्रतिनिधि गुमाएको भन्दै शोक मनाउनका लागी चैत्र १७ गते सार्वजानिक विदा दिएको हो । फक्ताङलुङ गाउँपालिकाका वडा नं ४ इखाबुका वडा सदस्य दिलमाया वि.क.को मृत्यु भएको हुनाले दुःख व्यक्तका साथ शोक मनाउनका लागी चैत १७ गते एक दिन पालिकाभरीका सार्वजनिक बिदा गराउने निर्णय भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू(मुक्ति) ले बताउनु भएको छ ।









