समय : ०२:४८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ सुकेटार बिमानस्थलमा आगामी शनिबारबाट हवाई उडान सञ्चालन हुने,

सेवालुङ खवर | चैत्र १२ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङ सुकेटार बिमानस्थल करिव साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । सुकेटार बिमानस्थल साढे तीन महिना सम्म हवाई उडान ठप्प भएको थियो र साढे तीन महिना पछि हवाई उडान सुरु हुने भएको छ । नेपाल वायु सेवा निगम सँग रहेको दुवै ओटा जहाज मा समस्या देखिएपछि गत मङ्सिर २८ गते बाट ताप्लेजुङको उडान सेवा अबरुद्द भएको थियो । गत पुष महिनामा पहिलो साता काठमाडौं देखि उडान सञ्चालन भएपनि खराब मौसमका कारण बीचबाटै फर्किएको निगमका कर्मचारी स्रोतले बताएका छन् । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएको हुनाले आगामी शनिबारबाट काठमाडौं–ताप्लेजुङ–उडान सञ्चालन हुने तयारी भइरहेको नेपाल वायु सेवा निगम ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ–काठमाडाँैको भाडा दर ९,हजार २,सय ७० रुपियाँ, निर्धारण भएको पनी नेपाल वायु सेवा निगमले जनाएको छ । ताप्लेजुङमा हवाई उडान ठप्प भएपछी केहि नागरिकहरु प्रभाबित भएका थिए । यस बिमान स्थलबाटै ताप्लेजुङ,पाँचथर,तेह्रथुमबाट यात्रुहरुले आवतजावत गर्ने गरेका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्