काठमाडौ/ताप्लेजुङको पाथिभरामा केबलकार बन्न नदिने पक्षमा रहेका आदिवासी जनजातिका समूहले आज बुधबारका दिन काठमाडौकों सिंहदरबार घेराउ आन्दोलन कार्यक्रम गरेका छन् । ताप्लेजुङको पाथिभरा मुकुमलुङमा मा केबलकार विबाद भएपछी मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले बुधबार सिंहदरबार घेराउ कार्यक्रम गरेको हो ।नो,केवलकार पक्षले व्यवसायी चन्द्र ढकाल नेतृत्वको समूहले पाथिभरामा निर्माण गर्न लागेको भन्दै केबलकार विरुद्ध काठमाडौकों सिंहदरबार घेराउ आन्दोलन कार्यक्रममा विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका छन् । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण हुनु हुदैन भन्दा भन्दै पनी सरकारले बेवास्ता गरेपछी ‘नो केबलकार’ पक्षवाट सरकारलाई दबाब दिन प्रदर्शन गरेको हो । यो प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता र अभियन्ताहरू पनि सहभागी भएका थिए । विकासको नाममा भूमि बेच्न र स्थानीय पुरात्वतीक सम्पदाहरुलाई अतिक्रमण गर्न नपाइने बताउँदै आएका छन् र उनीहरूले आन्दोलनबाट पनी पछि नहट्ने बताएका छन् ।


फोटो:तस्विरहरु साभार,








